ओखलढुंगा कांग्रेस सभापतिमा तेजेन्द्र खनाल निर्वाचित
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
ओखलढुंगा — नेपाली कांग्रेस ओखलढुंगाको सभापतिमा संस्थापन पक्षका उम्मेदवार तेजेन्द्र खनाल विजयी भएका छन् । कोइराला–पौडेल समूहका बालकृष्ण दाहाललाई पराजित गर्दै खनाल विजयी भएका हुन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![ओखलढुंगा कांग्रेस सभापतिमा तेजेन्द्र खनाल निर्वाचित](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2021/third-party/tejendra-khanal-25112021030111-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
खनालले ७ सय १ मत ल्याए भने उनका प्रतिद्वन्द्वी दाहालले ६ सय ११ मत ल्याए ।
त्यसैगरी उपसभापतिमा कमल तामाङ र नवराज केसी निर्वाचित भए । सचिवमा अजय लुइँटेल र राजकुमार ढुंगाना निर्वाचित भएका छन् । सहसचिवमा उज्जन बुढाथोकी र भोजकुमार श्रेष्ठ निर्वाचित भए । जिल्ला कार्यसमितिमा बहुमत पदाधिकारी संस्थापन पक्षकै उम्मेदवार निर्वाचित भएका छन् ।
जम्मा १ हजार ४ सय ४३ क्षेत्रीय प्रतिनिधि रहेकोमा १ हजार ३ सय ५३ मत खसेको थियो । महाधिवेशन प्रतिनिधिको मतपरिणाम आइसकेको छैन ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)
प्रतिक्रिया