कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओखलढुंगा कांग्रेस सभापतिमा तेजेन्द्र खनाल निर्वाचित

ओखलढुंगा — नेपाली कांग्रेस ओखलढुंगाको सभापतिमा संस्थापन पक्षका उम्मेदवार तेजेन्द्र खनाल विजयी भएका छन् । कोइराला–पौडेल समूहका बालकृष्ण दाहाललाई पराजित गर्दै खनाल विजयी भएका हुन् ।

ओखलढुंगा कांग्रेस सभापतिमा तेजेन्द्र खनाल निर्वाचित

खनालले ७ सय १ मत ल्याए भने उनका प्रतिद्वन्द्वी दाहालले ६ सय ११ मत ल्याए ।

त्यसैगरी उपसभापतिमा कमल तामाङ र नवराज केसी निर्वाचित भए । सचिवमा अजय लुइँटेल र राजकुमार ढुंगाना निर्वाचित भएका छन् । सहसचिवमा उज्जन बुढाथोकी र भोजकुमार श्रेष्ठ निर्वाचित भए । जिल्ला कार्यसमितिमा बहुमत पदाधिकारी संस्थापन पक्षकै उम्मेदवार निर्वाचित भएका छन् ।

जम्मा १ हजार ४ सय ४३ क्षेत्रीय प्रतिनिधि रहेकोमा १ हजार ३ सय ५३ मत खसेको थियो । महाधिवेशन प्रतिनिधिको मतपरिणाम आइसकेको छैन ।

प्रकाशित : मंसिर ९, २०७८ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?