केराबारीमा सर्पदंश उपचार केन्द्र स्थापना

सुनसरी — मोरङको केराबारी गाउँपालिकामा स्थापित सर्पदंश उपचार केन्द्र बुधबारदेखि सञ्चालनमा आएको छ । वडा ६ याङ्शिलामा सर्पदंशको उपचार सेवा केन्द्र सञ्चालन गर्न ४१ लाख रुपैयाँभन्दा बढीको भवन निर्माण गरिएको निर्माण समितिका संयोजक प्रकाश श्रेष्ठले बताए । 

केराबारीमा सर्पदंश उपचार केन्द्र स्थापना

नेपाल सरकारको स्वास्थ्य सेवा विभागबाट अनुमति लिएर केराबारीको याङ्शिलास्थित कालोपानीमा सर्पदंश उपचार केन्द्र सुरु भएको हो । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि सर्पदंशको उपचार सेवा दिने भए पनि औषधि उपचारमा महँगो शुल्क लाग्ने गरेको छ ।

केन्द्रले नि:शुल्क उपचार सेवा दिने छ । केराबारीमा उपचार केन्द्र सञ्चालनमा आएपछि उतरी मोरङको पहाडी क्षेत्र र छिमेकी धरान उपमहानगरपालिकाका बिरामी लाभान्वित हुने छन् । केन्द्रमा आकस्मिक कक्ष, अन्तरंग सेवा, वैठक कक्ष, ड्युटी रुम र स्टोर रुम रहेका छन् । आकस्मिक कक्षमा ३ वटा बेड राखिएको छ ।

गाउँपालिकाले सरकारी ऐलानी पर्ती जग्गा सर्पदंशका उपचार सेवाका लागि ५ कट्ठा जग्गा उपलब्ध गराएपछि १ नम्बर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट २२ लाख रुपैयाँ, केराबारी गाउँपालिकाबाट १७ लाख रुपैयाँ, धरान उपमहानगरपालिकाबाट २ लाख रुपैयाँ र विभिन्न संघसंस्थाको सहयोगमा भवननिर्माण गरिएको निर्माण समितिका संयोजक श्रेष्ठले बताए ।

प्रकाशित : मंसिर ८, २०७८ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?