२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२८

कांग्रेस नेता कोइरालाको नेतृत्वमा प्रदेश १ मा उच्चस्तरीय राजनीतिक संयन्त्र

देवनारायण साह

मोरङ — प्रदेश १ को सत्तारुढ गठबन्धन दलहरूले कांग्रेसका नेता राजिव कोइरालाको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरेका छन् ।

संयन्त्र सदस्यको रुपमा मुख्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राई, आर्थिक मामिला तथा योजनामन्त्री एवं माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो, सामाजिक विकासमन्त्री तथा जनता समाजवादी पार्टीका नेता जयराम यादव र सामाजिक विकास राज्यमन्त्री तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णुमाया तुम्बाहाम्फे छन् ।

गठबन्धन दलबीचको विवाद तथा समस्या समाधान गर्नुका साथै प्रदेश सरकारको कामकाजको अनुगमन, निर्देशन र नियमन गर्ने अधिकार उक्त संयन्त्रलाई रहेको संयन्त्रका संयोजक कोइरालाले बताए ।

मुख्यमन्त्री राईले गठबन्धन दलहरूबीच संयोजन गर्नुका साथै सरकारको कामकाजलाई सन्तुलित र व्यवस्थित रुपमा अघि बढाउन उच्चस्तरीय राजनीतिक संयन्त्रले मद्दत पुग्ने अपेक्षा राखेका छन् ।

संयन्त्रले प्रदेश सरकारको न्युनतम साझा कार्यक्रम निर्माणका लागि कांग्रेसका प्रदेश सांसद शेखरचन्द्र थापाको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।

सदस्यहरूमा मुख्यमन्त्री राई, माओवादी केन्द्रका प्रदेश सांसद धिरेन्द्र शर्मा, जनता समाजवादी पार्टीका प्रदेश सांसद रामचन्द्र लिम्बू र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तर्फबाट अशोक चेम्जोङ नियुक्त भएको आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले बताए ।

मुख्ख्यमन्त्री राईले प्रदेश सरकारको न्युननतम साझा कार्यक्रम तयारीका लागि सोमबार भएका गठबन्धन दलका प्रदेश सांसदहरूको भेलामा सुझाव संकलन गरिएको बताए ।

प्रकाशित : कार्तिक २९, २०७८ २२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?