कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न्यायालयको समस्या समाधान भित्रैबाट खोज्‍नुपर्छ, हस्तक्षेप गरेर हुँदैन : उपेन्द्र यादव

देवनारायण साह

मोरङ — जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमाा देखिएको समस्या चाँडै निरुपण हुने बताएका छन् ।

न्यायालयको समस्या समाधान भित्रैबाट खोज्‍नुपर्छ, हस्तक्षेप गरेर हुँदैन : उपेन्द्र यादव

‘न्यायालयभित्रको समस्याको समाधान त्यहीँ भित्रबाट खोज्नुपर्छ र उहाँहरूले गर्नुहुन्छ, एकाध दिन ढिलोचाँडो मात्रै हो । अदालतमा राजनीतिक हस्तक्षोप गरेर हुँदैन किनकि दुनियाँमा कहीँ पनि यस्तो चलन छैन । त्यसैले गठबन्धनले समस्याको समाधान सम्बन्धित निकायबाटै चाहेको हो,’ विराटनगरमा शनिबार पत्रकारहरूसँगको कुरकानीमा अध्यक्ष यादवले भने ।

संविधानको पुनर्लेखन गर्नुपर्ने माग गर्दैआएका अध्यक्ष यादवले मुलुकमा अहिले देखिएको समस्याको मूल कारण त्रुटीपूर्ण संविधान नै भएकोले संशोधन गरेर परिमार्जन गर्नुपर्ने दोहोर्‍याए । ‘अहिलेको संविधानलााई संशोधन गरेर परिमार्जन गर्नु नै राम्रो हुन्छ किनकि संशोधन हुन नसके मात्रै अन्य विकल्प खोज्ने हो,’ उनले भने, ‘संविधान संशोधनका लागि दुईतिहाइ बहुमत आवश्यक हुन्छ । तर अहिलेको सत्तारुढ गठबन्धनसँग त्यो छैन, त्यसका लागि अर्ली इलेक्सन एउटा पाटो हो ।’

संविधान संशोधन आम नेपाली र सबै दलको सरोकारको विषय भइसकेकोले यसका लागि साझा सहमति आवश्यक भएको अध्यक्ष यादवले बताए ।

नेता यादवले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे राष्ट्रिय सहमति आवश्यक रहेको बताएका थिए । एमसीसी पास हुनुपर्ने तर राष्ट्रहितलाई ध्यानमा राखेर मात्रै गर्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित : कार्तिक २७, २०७८ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?