कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ताप्लेजुङमा फाल्गुनन्द जयन्ती मनाइयो [तस्बिरहरू]

कान्तिपुर संवाददाता

ताप्लेजुङ — राष्ट्रिय विभूति किरात धर्मका महागुरु फाल्गुनन्दको १ सय ३७ औं जन्मजयन्ती मनाइएको छ । सदरमुकाम फुङलिङमा किरात धर्म तथा साहित्य उत्थान संघको आयोजनामा र्‍यालीसहित नगर परिक्रमा गरी शुभकामना आदानप्रदान गरेर जयन्ती मनाइएको हो । संघले प्रत्येक गाउँपालिकामा मनाएको जनाएको छ । 

ताप्लेजुङमा फाल्गुनन्द जयन्ती मनाइयो [तस्बिरहरू]

१९४२ साल कात्तिक २५ गते जन्मिएका फाल्गुनन्दले विवाहको बेला माइतीले चेलीबेटीको रित खाने प्रथालाई निस्तेज पार्ने, मादक पदार्थ सेवन गर्नु हुँदैन भन्ने लगायतका समाज सुधारका काम गरेको संघका केन्द्रीय सदस्य लेखबहादुर पालुङ्वाले बताए । उनले दिएको दीव्योपदेशलाई अहिले पनि किरात धर्मावलम्बीले अवलम्बन गरिरहेको पालुङ्वाले बताए ।

फाल्गुनन्दको जन्म जयन्तीका अवसरमा प्रदेश १ सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रत्येकजसो गाउँपालिकामा माङहिम (मन्दिर) मा बिहान पूजा गरेर दिउँसो र्‍याली निकाल्ने लगायतका कार्यक्रम गरिएको संघले जनाएको छ ।


प्रकाशित : कार्तिक २५, २०७८ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?