२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

प्रदेश नामकरण अनिश्चित : मुख्यमन्त्री राई

रमेशचन्द्र अधिकारी

धनकुटा — मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश १ को नामकरण अनिश्चित रहेको बताएका छन् । नामकरणको प्रस्ताव पारित गर्न मुख्य साँचो नेकपा (एमाले) रहेकोले उसको साथ बिना अप्ठेरो अवस्थामा रहेको राईको भनाइ छ ।

प्रदेश नामकरण अनिश्चित : मुख्यमन्त्री राई

मुख्यमन्त्रीको सम्पर्क कार्यालय धनकुटामा मंगलबार अपरान्ह आयोजित संक्षिप्त पत्रकार भेटघाटमा उनले उक्त कुरा बताएका हुन् । बहुपहिचानको आधारमा नामकरण तोकिनेबारेमा नेकपा (एकीकृत समाजवादी)सहित गठबन्धन दलको निष्कर्ष रहे पनि दुई तिहाईबाट पारित गर्न एमालेको साथ मुख्य रहेको राईले उल्लेख गरे ।

विगतका मुख्यमन्त्रीले नामकरणको लागि सहज अवस्थामा प्रस्तावसमेत अघि नसारेको भन्दै उनले आफूले प्रदेशसभामा नाम प्रस्तावको लागि अघि सार्ने बताए । ‘नामकरणको लागि प्रदेशसभामा नाम प्रस्ताव गर्ने योजना छ,’ उनले भने । नामाकरण प्रस्ताव आगामी हिउँदे अधिवेशनमा अघि सार्ने योजनामा रहेका राईले त्यसअघि एमालेलगायत दलसँग छलफल गर्ने उल्लेख गरे ।

यसअघि बहुपहिचानको नाराबाट एमाले पछि सरेकोले कोसी प्रदेशमा अडिग रहेको प्रसंग जोड्दै राईले आफूहरु बहुपहिचानबाट पछि हट्न नसक्ने बताए । कांग्रेसले पहिचानमा चासो नदिएको भन्दै उनले जनता समाजवादीलगायत नेकपा (एकीकृत समाजवादी)ले बहुपहिचानको मुद्दालाई अघि सारेको बताए । राईले विश्वासको मत आगामी कात्तिक ३० गते लिने जनाए ।

फरक प्रसंगमा राईले धनकुटामा खोलिने भनिएको शिक्षण अस्पतालको लागि आवश्यक बजेट व्यवस्थापनमा आफू लागिपर्ने आश्वासन दिए ।

प्रकाशित : कार्तिक २३, २०७८ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?