कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

फाल्गुनन्द गाउँपालिकाका पहिरो पीडितलाई राहत वितरण

कान्तिपुर संवाददाता

पाँचथर — पाँचथरको फाल्गुनन्द गाउँपालिकाका पहिरो पीडितलाई डेढ सातापछि प्रारम्भिक राहत वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाँचथरले शनिबार खाद्यान्नसहितका सामग्री वितरण गरेको हो ।


रेडक्रसले वितरण गरेका सामग्रीमा प्रतिपरिवार दुई थानका दरले कम्बल, एक सेट भाँडाकुडा, ५० केजी चामल र लत्ताकपडा लगायत छन् ।

यहाँका ९१ परिवारलाई प्रारम्भिक राहत स्वरुप उक्त सामग्री उपलब्ध गराइएको रेडक्रस पाँचथरका सभापति कृष्ण बाँस्कोटाले बताए । यसअघि फाल्गुन्द गाउँपालिकाले मृतकका परिवारलाई २५ हजारका दरले रकमसँगै विस्थापित परिवारलाई ५० किलोका दरले चामलसहित दाल, नुन र तेल उपलब्ध गराएको थियो ।

पीडितहरूलाई रेडक्रसका पदाधिकारीसँगै प्रमुख जिल्ला अधिकारी, गाउँपालिका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा राहत वितरण गरिएको हो ।

कात्तिक १ देखि ३ गतेसम्म परेको बेमौसमी झरीले फाल्गुनन्दका ९१ परिवार विस्थापित हुनुका साथै २ जनाको ज्यान गएको थियो । झरीपछि गएको पहिरोमा परी पाँचथरमा मात्रै ३१ जनाको ज्यान गएको छ भने ३ जना बेपत्ता छन् ।

जिल्लाभर पहिरोले क्षति पुर्‍याएको विवरण भने हालसम्म संकलन हुन सकेको छैन । क्षतिको विवरण संकलन गर्ने जिम्मेवारी सम्बन्धित पालिकालाई दिइएको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले बताए ।

प्रकाशित : कार्तिक १३, २०७८ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?