कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हङकङबाट खोटाङ घुम्न आएका राई मृत फेला

डम्बरसिं राई

खोटाङ — हङकङबाट खोटाङ घुम्न आएका ५४ वर्षीय किसन राई आइतबार राति मृत फेला परेका छन् । दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्खुखोलामा उनको शव भेटिएको हो । 

धरान नगरपालिका–१५ का बासिन्दा उनी पछिल्लो समय हङकङ बस्दै आएका थिए । शौच गर्न भनी निस्किएका राई आधा घण्टासम्म नआएपछि खोजतलास गर्दा राति दस बजेतिर मृत भेटिएका हुन् । सडकबाट तलपट्टि फेला परेकाले भिरबाट खसेर उनको ज्यान गएको हुन सक्ने प्रहरी निरीक्षक सागर साहले बताए । राईको शव जिल्ला अस्पताल दिक्तेल ल्याइएको र आफन्त आएपछि पोस्टमार्टम गरिने साहले जानकारी दिए ।

राईसँगै आएका सशस्त्र प्रहरीका पूर्वएसएसपी प्रेम श्रेष्ठका अनुसार उनीहरू हलेसीबाट भोजपुर जाँदै थिए । त्यही क्रममा राई शौच गर्न गएका बेला घटना भएको श्रेष्ठलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।


प्रकाशित : कार्तिक ८, २०७८ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?