कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोसी गाउँपालिकासँंग जोडिएका भारतीय सीमा सिल

प्रदीप मेन्याङ्बो

सुनसरी — भारतको बिहार राज्यको सुपौल जिल्लास्थित वीरपुर क्षेत्रमा पर्ने स्थानीय ग्राम पञ्चायत निर्वाचनका कारण सुनसरीको कोसी गाउँपालिकासँग जोडिएको सीमा सिल गरिएको छ ।

सुनसरीका सशस्त्र प्रहरी बलका एसपी माधव प्रसाद पौडेलका अनुसार गाउँपालिकाको वडा नम्बर ६ र ८ सँग जोडिएका सिमा नाकाहरू सोमबार बिहानसम्मका लागि सिल गरिएको हो ।

वीरपुर क्षेत्रमा आइतबार निर्वाचन हुँदैछ । सिमावर्ती क्षेत्रमा चुनावका बेला कुनै पनि आपराधिक घटना गरेर नेपालतर्फ अपराधी भाग्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै भारतीय सीमा सुरक्षा अधिकारीहरूले नेपाली पक्षको सहयोग मागेकाले सहमतिमा दुवै तर्फको नाका सिल गरिएको एसपी पौडेलले जानकारी दिए ।

सीमा सिल गर्न एक महिना अघि नै भारतीय पक्षका डीएम र नेपालका सीडीयोस्तरमा भर्चुअल बैठकले निर्णय गरेको थियो । सोही निर्णयअनुसार सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बलले गस्ती बढाएको र भन्टाबारी नाका लगायतमा आवागमन बन्द गरिएको पौडेलले बताए ।

उनले भने, ‘गत शुक्रबार बेलुकादेखि सिल गरिएको नाकाहरु त्यहाको ग्राम पञ्चायतको निर्वाचन सकिएपछि सोमबार विहानसम्ममा खोलिने छन् ।’

प्रकाशित : कार्तिक ७, २०७८ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?