कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अरिंगालको टोकाइबाट वृद्धको मृत्यु

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटाको पाख्रिबास नगरपालिकामा अरिंगालको टोकाइबाट एक वृद्धको मृत्यु भएको छ । पाख्रिबास-२ बुधबारेका ६७ वर्षीय डम्बरबहादुर अधिकारीको अरिंगालको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार बिहान घाँस काट्नेक्रममा अरिंगालको गोलामा छुँदा अधिकारीलाई दर्जनौं अरिंगालले टोकेपछि बेहोस भएका थिए । उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिफर गरिएको थियो ।

त्यहाँबाट थप उपचारका लागि नोबेल मेडिकल कलेज विराटनगरमा लगाइएको थियो । उपचारको क्रममा अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपककुमार रायले जानकारी दिए ।

प्रकाशित : कार्तिक ४, २०७८ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?