कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीन दिनदेखि अवरुद्ध मेची राजमार्ग एकतर्फी खुल्यो 

लक्ष्मी गौतम

पाँचथर — अविरल वर्षासँगै गएको पहिरोका कारण तीन दिनदेखि अवरुद्ध मेची राजमार्गको पाँचथर खण्ड एकतर्फी सञ्चालनमा आएको छ । राजमार्गको फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरो डोजर लगाएर पन्छाइएसँगै एकतर्फी सञ्चालनमा आएको हो ।

तीन दिनदेखि अवरुद्ध मेची राजमार्ग एकतर्फी खुल्यो 

पहिरो पन्छाइएपछि ताप्लेजुङदेखि इलामको रक्सेस्थित देउरालीसम्म सवारी र ढुवानीका साधन सञ्चालन भएका छन् । देउरालीमा गएको पहिरो पन्छाउन पनि पाँचथर र इलामका डोजर प्रयोग गरिएको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिए । सडक सञ्चालनमा आएपछि ताप्लेजुङ र पाँचथरबाट इलाम र झापा तथा इलाम र झापाबाट पाँचथर तथा ताप्लेजुङ जाने यात्रुसँगै पाथीभरा मन्दिर दर्शनमा हिँडेकाहरु गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।

सडक पन्छाउन जिल्ला प्रशासन कार्यालयको समन्वयमा विभिन्न स्थानीय तह र निर्माण कम्पनीका डोजर प्रयोग गरिएको थियो । मेची राजमार्गमा गएको सयभन्दा धेरै ठाउँमा गएको पहिरो पन्छाउन १० वटा डोजर परिचालन गरिएको प्रमुख जिल्ला ढकाल बताउँछन् ।

प्रकाशित : कार्तिक ४, २०७८ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?