कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धरान-धनकुटा सडक एकतर्फी खुल्यो

रमेशचन्द्र अधिकारी

धनकुटा — अविरल वर्षाका कारण बाढीले सडक भत्काएपछि बन्द रहेको कोसी राजमार्गको धरान-धनकुटा खण्ड दिउँसोदेखि एकतर्फी खुलेको छ । साँगुरीगढी गाउँपालिका ६ घण्टेमा मंगलबार अपरान्ह ४ बजे लेउती खोलामा आएको बाढीले करिब २ सय मिटर सडक बगाएपछि यातायात अवरुद्ध भएको थियो । 

धरान-धनकुटा सडक एकतर्फी खुल्यो

चेन स्काइभेटरबाट डाइभर्सन गरिएपछि एकतर्फी यातायात सञ्चालनमा आएको सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले जानकारी दिए । अत्यधिक गिटी र बालुवा थुप्रिएका कारण सफा गरेर एकतर्फी सडक खुलाउन समय लागेको जनाइएको छ । अत्यधिक वर्षाका कारण धनकुटाको भेडेटार–राजारानी–६ नम्बर बुधबारे सडकसमेत क्षतिग्रस्त भएको छ । उक्त सडकमा यातायात ठप्प छ ।

यसैबीच, पहिरो र बाढीले धरान–धनकुटा सडक खण्डमा कम्तीमा दुई करोडको क्षति पुगेको सडक डिभिजन धनकुटाका प्रमुख दानकुमार शाक्यले जानकारी दिए । क्षतिग्रस्त सडक प्रक्रिया पूरा गरेर तत्काल मर्मत कार्य थालिने उनले बताए ।

पाख्रीवास नगरपालिका ५ डिकुरे खण्डमा अवरुद्ध मध्य पहाडी लोकमार्ग भने सञ्चालनमा आएको छ ।

प्रकाशित : कार्तिक ३, २०७८ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?