कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनसरीमा बाढीले ३० प्रतिशत धान खेती नष्ट

सुम्निमा चाम्लिङ

इटहरी — दुई दिनदेखि लगातार परेको वर्षाले जिल्लाका अधिकांश ठाउँमा धान खेती नष्ट भएको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ । केन्द्रका अनुसार प्रारम्भिक विवरण अनुसार ३० प्रतिशत धानबाली पूर्ण रूपमा क्षति भएको छ । भोक्राहा नरसिंह गाउँपालिका, हरिनगरा गाउँपालिका, देवानगंज गाउँपालिका,इनरुवाका दक्षिणी भूभाग बबिया र जल्पापुर क्षेत्रमा वर्षाले बढी नोक्सान गरेको छ ।

सुनसरीमा बाढीले ३० प्रतिशत धान खेती नष्ट

आइतबार रातीदेखि परेको पानीले जिल्लाको १६ हजार हेक्टर जग्गामा लगाइएको धान खेती नष्ट भएको अनुमान गरिएको छ । ‘सुनसरीको दक्षिणी क्षेत्र जलमग्न छ । विवरण संकलन गर्न कठिन भइरहेको छ,’ केन्द्र प्रमुख नुनुलाल उरावले भने, ‘पूर्ण रूपमा विवरण आउन अझै केही दिन लाग्छ ।’ केन्द्र प्रमुख उरावका अनुसार हरिनगरा,देवानगंज र इनरुवामा लगाइएको तरकारी खेती समेत नष्ट भएको छ । तरकारी खेतीको समेत विवरण संकलन गर्ने क्रम जारी रहेको उनले बताए । जिल्लामा यस वर्ष कुल ५५ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो ।


प्रकाशित : कार्तिक ३, २०७८ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?