कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनकुटामा मृतकको संख्या ७ पुग्यो, घाइतेको हेलिकप्टरबाट उद्धार [अपडेट]

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटामा पहिरोले घर पुरिँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । चौबिसे गाउँपालिका १ गडेरेमा पहिरोले घर पुरिएर घाइते भएकामध्ये बालकको मृत्यु भएसँगै संख्या थप भएको हो । मृत्यु हुनेमा ११ वर्षीय सञ्जाल श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

बालकको स्थानीय स्वास्थ्य चौकीमा उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो । यसअघि घटनास्थलमा ६ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा घरधनी ६० वर्षीय भीमबहादुर श्रेष्ठ, उनका नाति ९ वर्षीय विनोद, ५ वर्षीया नातिनी निर्जला र झापा दमक नगरपालिका ११ घर भएका पाहुना ३९ वर्षीय सञ्जिव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र ७ वर्षीया दिप्सन श्रेष्ठको मृत्यु भएको थियो ।

५ जना घाइते भएका छन् । जसमध्ये गम्भीर घाइते ३३ वर्षीया उषा श्रेष्ठ र २९ लीला श्रेष्ठको हेलिकप्टरबाट उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जनाइएको छ । घाइतेमध्ये भेषबहादुर श्रेष्ठको अवस्था समेत जटिल बनेपछि हेलिकप्टरबाट उद्धार गर्ने तयारी गरिएको जिल्ला प्रशासन कार्यालयका प्रवक्ता सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले जानकारी दिए । अन्य घाइते लीला श्रेष्ठ, गणितकुमारी श्रेष्ठ, चन्द्रकुमार श्रेष्ठ र उषा श्रेष्ठको बुधबारे स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घाइतेको प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए ।


प्रकाशित : कार्तिक ३, २०७८ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?