कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओखलढुंगामा आत्मदाह गरेर महिलाको मृत्यु

एक महिनामै दुई आत्मदाह
कुम्भराज राई

ओखलढुंगा — जिल्लाको लिखु गाउँपालिका ३ की ३८ वर्षीया महिलाले आत्मदाह गरेकी छन् । उर्मिला सुनुवार जोगी नाम गरेकी महिलाले आइतबार नै शरीरमा मट्टीतेल खन्याएर आगो सल्काई आत्मदाह गरेकी हुन् ।

सुरुमा मृतकका श्रीमान दीर्गबहादुर जोगीले देख्ने बत्तिकै आगो निभाएका थिए । घाइते भएकी उनको क्रममा सोमबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीलाई सोमबार मात्रै जानकारी प्राप्त भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले बताए ।

घटनाको जानकारी पाउने बित्तिकै प्रहरी टोली सोमबार नै घटनास्थल पुगेर मुचुल्का उठाई पोष्टमार्टमको तयारी थालेको छ । स्थानीयका अनुसार उर्मिलाको परिवार विपन्न परिवार हो । उनी केही वर्षअघि सवारी दुर्घटनामासमेत परेकी थिइन् ।

उनलाई तत्कालीन अवस्थामासमेत गाउँलेले पैसा जुटाएर उपचार गराएका थिए । डिप्रेशनको समस्याबाट समेत उनी बुज्रिएको स्थानीयहरु बताउँछन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गर्ने जनाएको छ । उनले शरीरमा आगो लगाएको देखेर दीर्गबहादुरकी जेठी श्रीमति र १२ वर्षीय छोराले देखेर हल्ला गरेका थिए ।

ओखलढुंगामा करिब एक महिनाअघि यस्तै प्रकृतिको आत्मदाहबाट एक महिलाको मृत्यु भएको थियो । गत भदौ १४ गते सद्धिचरण नगरपालिका ७ टोड्केकी ४० वर्षीया मिनाकुमारी श्रेष्ठले शरीरमा डिजेल खन्याएर आत्मदाह गरेकी थिइन् ।

प्रकाशित : आश्विन २५, २०७८ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?