कुम्भराज राई

कुम्भराज राईका लेखहरु :

ओखलढुंगाको मिसन अस्पतालमा शिशुको मृत्यु, आफन्तले शव बुझेनन्

ओखलढुंगा सामुदायिक अस्पताल मिसनको लापारबाहीले एक महिना २३ दिनकी शिशुको ज्यान गएको भन्दै आफन्तले शव लिन मानिरहेका छैनन् । सिद्धिचरण नगरपालिका-५ का डोमप्रसाद दाहालकी छोरी रियाना दाहाललाई पिसाब रोकिने समस्याले सिकिस्त भएपछि शुक्रबार बिहान अस्पताल ल्याइएको थियो ।

नालायक सरकार टिपेर मिल्काइहाल्नुपर्छ : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार नालायक भएकोले एकैछिन राख्न नहुने बताएका छन् । ओखलढुंगाको रामपुरमा आइतबार आयोजित गुरु लुइँटेल स्मृति उद्यान उद्घाटन कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् ।

प्राधिकरणको लापरबाहीले भूकम्पपीडितलाई सास्ती

२०७२ को भूकम्पपछि गाउँमाथिबाट खसेको पहिरोले मोलुङ गाउँपालिका–३ केराबारीका तिलकबहादुर र रामकुमारी सुनुवार दम्पती विस्थापित भए । बस्नै नमिल्ने भएपछि राज्यले उनीहरूसहित विस्थापित १७ घरधुरीलाई पारिपट्टि प्राप्चा गाउँमा एकीकृत बस्ती बनाएर बसाल्ने निधो गर्‍यो । एकीकृत बस्तीमा जग्गा प्राप्तिका लागि प्रति परिवार दुई लाख र घर बनाउन तीन लाख गरी पाँच लाखका दरले अनुदान रकम पाइने सुने । 

पूर्वसरकारले अन्तर्राष्ट्रिय समुदायलाई चुच्चे नक्सा पठाएकै छैन : परराष्ट्र

चीनले सार्वजनिक गरेको नक्सामा नेपालको चुच्चे नक्सा नसमेटिएको भनेर आलोचना भइरहेका बेला नेपालले नै अन्तर्राष्ट्रिय समुदायलाई नयाँ नक्साबारे पत्राचार गरी जानकारी नपठाएको खुल्न आएको छ ।

कूटनीतिक संवादमार्फत नक्सा विवाद समाधान गर्न चाहन्छौं : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री एनपी साउदले नक्सा विवादको समस्या कूटनीतिक पहल र वार्ताको माध्यमबाट समाधान गरिने बताएका छन् । नेपाल सरकारले जारी गरेको नक्सा सबै अन्तर्राष्ट्रिय निकाय र मुलुकले सम्मान गरोस् र स्वीकारोस् भन्ने नेपालको अडान रहेको र यही विषयलाई लिएर विवाद गर्नु उचित नहुने उनले बताए ।

ओखलढुंगामा रोपाइँ जात्राको रौनक [तस्बिरहरु]

सदरमुकाम क्षेत्रमा रहेका नेवार समुदायले मनाउने हिलेजात्राको अन्तिम दिन शनिबार रोपाइँ जात्रा सम्पन्न भएको छ । विभिन्न भेषभूषामा हास्य-व्यंग्यमूलक प्रस्तुतिसहित रोपाइँ जात्रा सम्पन्न भएको हो ।

हिमालमा हराउनेको उद्धारमा उल्झन

जनकपुरको सरस्वतीनगर बस्ने बैजनाथ साहलाई भाइ रन्जितकुमारको सम्झनाले बारम्बार सताइरहन्छ । सपनामा समेत देख्दा त कतै भाइ आई पो हाल्छ कि भन्ने लाग्छ । सगरमाथा आरोहणका क्रममा उनका भाइ रन्जित गत जेठ ११ देखि बेपत्ता छन् । 

बायुङ राईको मुन्दुमसम्बन्धी पुस्तक प्रकाशित

बुद्धिकुमार बायुङ राईद्वारा लिखित पुस्तक ‘किरात बायुङ राई तुम्लोयालो’ विमोचन भएको छ । किरात समुदायअन्तर्गत बायुङ राईहरुको मुन्दुमसम्बन्धी उक्त पुस्तक शनिबार सदरमुकाममा एक कार्यक्रमबीच राष्ट्रियगानका सर्जक प्रदीपकुमारले पुस्तकको विमोचन गरे ।

न्याय माग्दा झन् असुरक्षित

गत चैतमा मोलुङ गाउँपालिकाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले छात्राहरूलाई यौन दुर्व्यवहार गरेको उजुरी प्रहरीमा दर्ता भयो । प्रहरीले दुई छात्राबाट उजुरी लिएर आरोपितलाई पक्राउ गरी बालयौन दुरुपयोगको मुद्दा चलायो । २४ दिन थुनामा बसेपछि जिल्ला अदालतले आरोपितलाई धरौटीमा रिहा गर्‍यो ।

धानभन्दा आँप खेतीमा आकर्षण

सुनकोशी गाउँपालिका–१ बलखुमा पाँच वर्षअघि आँपका रूख फाट्टफुट्ट देखिन्थे । थोरै रूखमा मनग्गे आँप फल्दा पनि व्यावसायिक खेती गर्ने जमर्को कसैले गरेका थिएनन् ।