कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस अधिवेशन : धरानमा पोख्रेल, बराहक्षेत्रमा कार्की र इटहरीमा पौडेल विजयी

प्रदीप मेन्याङ्बो

सुनसरी — नेपाली कांग्रेसको १४ औं अधिवेशनमा धरान उपमहानगर कार्यसमितिको निर्वाचनमा श्याम पोख्रेलको प्यानलै विजयी भएको छ । पोख्रेलले निकटतम प्रतिद्धन्दी किसोर राईलाई ३९ मतले पराजित गरेका हुन् । विजयी पोख्रेलले २६२ मत पाएका छन् भने राईले २२३ मत मात्र पाए । 

कांग्रेस अधिवेशन : धरानमा पोख्रेल, बराहक्षेत्रमा कार्की र इटहरीमा पौडेल विजयी

दुई उपसभापतिमा प्रविण राई र सन्तोष लिम्बु, सचिवमा हिमाल श्रेष्ठ र जितेन्द्र सहसचिवद्वयमा युनेश राना मगर र शिला बज्राचार्य विजयी भए ।

यसैगरी बराहक्षेत्र नगरपालिकाको सभापतिमा रमेश कार्की विजयी भएका छन् । दुई उप–सभापतिका लागि भएको निर्वाचनमा युवराज श्रेष्ठ र जितबहादुर कार्की विजयी भएका छन् । सचिवमा प्रतीक राई र हरिकृष्ण भट्टराई, सह– सचिवमा दिवाबसिंह राई र सन्तोष भण्डारी विजयी भएका छन् ।

इटहरी उपमहानगर समितिको सभापतिमा हेमकर्ण पौडेल पुन: तेश्रो कार्यकालका लागि निर्वाचित भएका छन् । उपसभापतिमा उनकै पक्षका कोबिदजंग कार्की र इतर पक्षका बालकृष्ण विष्ट, सचिवमा उनकै प्यानलका विक्रम घिमिरे र इतर प्यानलका मन्दिप भट्टराई विजयी भएका छन् ।

नेपाली कांग्रेसको १४ औं अधिवेशनमा धरान उपमहानगर कार्यसमितिको निर्वाचनमा विजयी श्याम पोख्रेलको प्यानल ।

प्रकाशित : आश्विन १०, २०७८ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?