कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेची खोलाले बगाएर मृत्यु

पर्वत पोर्तेल

काँकडभिट्टा — झापामा मेची खोलाले बगाएर एकजनाको मृत्यु भएको छ । शनिबार राति १ बजे भारतबाट सामान बोकेर खोला तर्ने क्रममा ३५ वर्षीय कमला राजवंशीको मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी सुनिल दाहालले जानकारी दिए ।

राजवंशीसँगै खोला तरेका अन्य दुई जना भने सकुशल छन् ।

कमलाको शव आइतबार बिहान भारतीय भू-भागतर्फ पर्ने नदी किनारमा भेटिएको डीएसपी दाहालले बताए ।

भारतीय प्रहरीले कानुनी प्रक्रिया पूरा गरेपछि मृतकका परिवारलाई शव जिम्मा लगाउनेछ ।

प्रकाशित : आश्विन ३, २०७८ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?