कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनकुटामा डेढ करोड लागतमा बन्‍ने मन्दिरको शिलान्यास

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटाको महालक्ष्मी नगरपालिका–६ गुठमा एउटा मन्दिर निर्माणका लागि डेढ करोड रुपैयाँभन्दा बढी खर्चिने भएको छ । मन्दिर निर्माणका लागि नागेश्वर दुग्धनाथ मन्दिरको महालक्ष्मी नगरपालिकाका प्रमुख परशुराम नेपालले शुक्रबार शिलान्यास गरेका छन् । कुल १ करोड ५६ लाख ८६ हजारको लागतमा मन्दिर निर्माण गरिने नगरप्रमुख नेपालले बताए ।

धनकुटामा डेढ करोड लागतमा बन्‍ने मन्दिरको शिलान्यास

उनका अनुसार जिल्लाकै पुरानोमध्येका उक्त मन्दिरको भवन जीर्ण भएकाले नयाँ भवन निर्माण गर्न लागिएको हो ।

धार्मिक पर्यटकीय दृष्टिले महत्व राख्ने गरी भवन निर्माण गरिने उनको दाबी छ । मन्दिरमा महन्तहरु बस्न सहज हुने र धार्मिक पर्यटन विकासमा पनि टेवा पुग्ने नगर प्रमुख नेपालले बताए ।

भवन निर्माणका लागि पुरातत्व विभागअन्तर्गत पुनर्निर्माण प्राधिकरणले ठेक्का लगाएको छ । दुई तला बन्ने भवन एक बर्षभित्र निर्माण गरिसक्ने योजनासहित धर्म एस छायाँश्वरी दिब्यश्वरी लोकन्थली भक्तपुरले जिम्मा लिएको छ ।

प्रकाशित : आश्विन १, २०७८ २२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?