कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

शिक्षा नियमावलीको विरोध

इलाम — नगर प्रमुख महेश बस्नेतले एकलौटी ढंगले शिक्षा नियमावली ल्याएको भन्दै इलाम नगरपालिकाका वडाध्यक्षहरूले विरोध जनाएका छन् । शिक्षा नियमावली, २०७४ को सातौं संशोधन गर्दा पर्याप्त छलफल नगरेको कतिपय विषयलाई फरक ढंगले प्रस्तुत गरिएको उनीहरूको आरोप छ ।

शिक्षा नियमावलीको विरोध

नियमावलीमा विरोध जनाउनेमा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष छन् । नियमावलीमा विद्यालय व्यवस्थापन समितिसम्बन्धी व्यवस्थामा सबै अधिकार नगर प्रमुखले आफूमा केन्द्रित रहने गरी संशोधन गरेको उनीहरूको आरोप छ ।

वडा–७ का अध्यक्ष नरेश श्रेष्ठले संशोधनको विषय जानकारी नगराई गत साउन २० को नगर कार्यपालिका बैठकमा छलफलका लागि एक साता माग्दासमेत नदिई सोही दिन जबर्जस्ती पारित गराइएको बताए ।

‘मैले असहमति जनाउँदा पनि नोट अफ डिसेन्ट लेख्ने अधिकार दिइएन,’ उनले भने । नियमावली तत्काल संशोधन गर्न वडाध्यक्षहरूले आग्रह गरेका छन् । वडा–३ का अध्यक्ष तीर्थ गुरुङले सरोकारवालासँग बृहत् छलफल गरेर संशोधन हुनुपर्ने धारणा राखे ।

नगर प्रमुख बस्नेतले भने नियमावली संशोधनमा समस्या नभएको बताए । उनले संशोधनमा वडा–७ का वडाध्यक्षबाहेक सबैले सहमति जनाएको दाबी गरे । कार्यपालिका सदस्यहरूलाई बैठकअघि नै एजेन्डा पठाइने गरिएको भए पनि भूलवश कार्यालयको तर्फबाट पठाउन छुटेको उनले स्विकारे ।

प्रकाशित : भाद्र १३, २०७८ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×