२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

ताप्लेजुङमा पहिरोले स्कुल भत्कायो

आनन्द गौतम

ताप्लेजुङ — आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनको सिंहदेवी आधारभूत विद्यालयमा पहिरोले क्षति पुर्‍याएको छ । माथिबाट झरेको ढिस्कोले विद्यालयको पर्खाल भत्काएको गाउँपालिका उपाध्यक्ष मञ्जु भट्टराईले जानकारी दिइन् । 

ताप्लेजुङमा पहिरोले स्कुल भत्कायो

उनका अनुसार पहिरोसँगै खसेका ढुंगा भवनभित्रै पसेका छन । ‘अहिले विद्यालय बन्द भएकाले समस्या छैन तर यो पन्छाएर माथि वाल नलगाएसम्म बालबालिका स्कुल पठाउने सम्भावना छैन,’ उनले भनिन् ।


मेची राजमार्ग खुल्यो

शुक्रबार बिहानदेखि अवरुद्ध मेची राजमार्ग भने खुलेको छ । पाथीभरा याङवरक गाउँपालिका १ नाङखोल्याङको खोक्से छेउमा झरेको पहिरो एक्स्काभेटरले पन्छाइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । वर्षामा अवरुद्ध भइरहने मेची राजमार्ग यस वर्ष पहिलोपटक रोकिएको हो ।

प्रकाशित : भाद्र ११, २०७८ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?