कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्युत सर्ट भएर एक घरमा आगलागी

चन्द्र कार्की

तेह्रथुम — तेह्रथुमको लालीगुराँस नगरपालिका-३ मुसाङखेलमा शनिबार बिहान विद्यूत सर्ट भएर आगलागी हुँदा एउटा घर जलेको छ । बिहान ४ बजे विद्यूत सर्ट भएर आगलागी हुँदा रङ्ग बहादुर खड्काको घर सहित नगद, लत्ताकपडा र खाद्यन्न जलेको हो ।

विद्युत सर्ट भएर एक घरमा आगलागी

आगलागीबाट घरको माथिल्लो तला पूर्णरुपमा जलेको छ । दुई घण्टाको प्रयास पछि लालीगुराँस नगरपालिकाको दमकलको सहयोगमा स्थानीयबासीले आगो नियन्त्रणमा लिएको छिमेकी नेत्र खड्काले जानकारी दिए ।

अहिले क्षतिको विवरण संकलन भइरहेको आगो निभाउने कार्यमा खटिएका स्थानीय श्रीमान् स्मारक माविका शिक्षक चक्र बहादुर भण्डारीले जानकारी दिए ।

प्रकाशित : भाद्र ५, २०७८ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?