कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९८

बिरामीलाई यौनहिंसा गरेको आरोपमा चिकित्सक पक्राउ

रमेशचन्द्र अधिकारी

धनकुटा — बिरामीलाई यौनहिंसा गरेको आरोपमा धनकुटा–७ स्थित सुवास मेडिकलका डा. राज शर्मा पक्राउ परेका छन् । उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । 

पिसाबसम्बन्धी समस्या भई अस्पताल भर्ना भएका ५३ वर्षीय पुरुषलाई बलात्कार गरेको आरोपमा शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपककुमार रायले जानकारी दिए । उनका अनुसार पाख्रीबास नगरपालिकाका बिरामीले आफूलाई शर्माले यौनहिंसा गरेको भन्दै उजुरी दिएका छन् ।

विराटनगर महानगरपालिका–१२ खरैयाका शर्मा केही वर्षदेखि धनकुटामा निजी स्रोतबाट सञ्चालित अस्पतालमा चिकित्सकका रूपमा कार्यरत छन् । राति साढे १० बजे मादक पदार्थ सेवन गरी बिरामी कक्षमा पुगेका शर्माले यौनहिंसा गरेको प्रारम्भिक अनुसन्धानमा पुष्टि भएको प्रहरी प्रवक्ता डीएसपी रायले बताए । डा. शर्माले पनि बिरामीले आफूलाई अभद्र व्यवहार गरेको आरोप लगाएको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण २५, २०७८ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?