१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२१

कोसी राजमार्गको छ्याङ्‍कुटी खण्ड बन्द

कान्तिपुर संवाददाता

संखुवासभा — उत्तर दक्षिण कोसी राजमार्गअन्तर्गतको चिचिला गाउँपालिका क्षेत्रको सडक बन्द गरिएको छ । सडक बिग्रेको र सम्बन्धित निकायले वास्ता नगरेको भन्दै गाउँपालिकाले सूचना सार्वजनिक गर्दै आइतबारबाट सडक बन्द गरेको हो ।

कोसी राजमार्गको छ्याङ्‍कुटी खण्ड बन्द

गाउँपालिकाको अनुरोधलाई बेवास्ता गरेकोले सडक मर्मत नभएसम्म गाउँपालिका क्षेत्रभित्र ठूला सवारी साधन आवतजावत बन्द गरिएको अध्यक्ष शेर्पाले बताए । उनका अनुसार एम्बुलेन्स लगायतका अत्यावश्यक साना सवारी साधनहरु भने सञ्चालन हुनेछन् ।

चिचिला गाउँपालिका क्षेत्रमा पर्ने छ्याङ्‍कुटी –चिचिला–देउराली सडक खण्डमा बर्खायाम सुरु भएसँगै एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधन आवतजावतमा समस्या भएको गाउँपालिका अध्यक्ष पासाङ शेर्पाले बताए । अरुण–३ जस्ता ठूला आयोजनाका मालवहाक सवारी साधनहरुका कारण र जथाभावी पार्किङ गर्ने र सडक मर्मतमा विभिन्न निकायमा अनुरोध गर्दा समेत वास्ता नगरिँदा नागरिकले सास्ती खेप्नु परेको छ ।

अध्यक्ष शेर्पाका अनुसार गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय, अरुण तेस्रो निर्माण कम्पनी एसएपीडीसी, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, उत्तर दक्षिण कोसी सडक आयोजनालगायतका कार्यालयमा सडकको दुरावस्थाबारे जानकारी गरेको थियो ।

प्रकाशित : श्रावण २४, २०७८ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?