जन्मोत्सव खर्चले विद्यालयमा अक्षय कोष
झापा — शिक्षाविद् उत्तरकुमार श्रेष्ठले आफ्नो ८५ औं जन्मोत्सवका अवसरमा दमक, झापास्थित सिद्धार्थ उच्च माविका उत्कृष्ट विद्यार्थीलाई सहयोग पुग्नेगरी ५ लाख रुपैंयाको अक्षयकोष राखेका छन् ।
२०३५ सालमा स्थापित जिल्लाकै पहिलो अंग्रेजी माध्यम विद्यालयका संस्थापकसमेत रहेका श्रेष्ठले कक्षा ११ मा उत्कृष्ट ठहर्ने विद्यार्थीलाई उच्च शिक्षामा छात्रवृत्ति दिनेगरी कोष स्थापना गरेको बताए ।
धार्मिक तथा आध्यात्मिक पुस्तकका लेखक समेत रहेका श्रेष्ठले आफ्ना कृतिबाट आउने रोयल्टी दमकस्थित साहित्यिक संस्था प्रतिभा निकेतनलाई दिने समेत घोषणा गरेका छन् । श्रेष्ठका ‘गीता : कर्तव्य–नैतिकता’(अनुवाद), ‘ज्ञान अमृत’, ‘जन्म र कर्म’, ‘ज्ञानका कुरा’ जस्ता कृति प्रकाशित छन् ।
प्रतिक्रिया