कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रियुगा नदीको पुलका ३ स्ल्याब क्षतिग्रस्त

डिल्लीराम खतिवडा

उदयपुर — दोस्रो पटक आएको बाढीले त्रियुगा नदीको पक्की पुलको ३ वटा स्ल्याब भत्किएको छ । निर्माणको अन्तिम चरणमा पुगेको चौदण्डीगढी नगरपालिका–५ सिवाईस्थित पक्की पुल थप क्षतिग्रस्त बनेको छ ।

त्रियुगा नदीको पुलका ३ स्ल्याब क्षतिग्रस्त

असार १९ गतेको बाढीले पुल पहिलो पटक भत्किएको थियो । पुलको एउटा स्पान नदीमा झारेको थियो भने अर्को ढल्किएको थियो । दोस्रो पटक शनिबारको वर्षात्सँगैको बाढीले ढल्किएको स्ल्याब पनि बगाएको र अर्को स्पान पानीमा झरेको हो ।

अहिलेसम्म ३ स्पानको ३ वटा स्ल्याबमध्ये २ वटा झरेको र एउटा झरेर पनि बाढीले बगाएको स्थानीयले बताए । पुलबाट असार दोस्रो सातामात्रै सर्वसाधारणलाई पैदल यात्राको अनुमति दिइएको थियो ।

‘बाढीसँगै पुलको संरचना क्रमशः भत्किँदै गएको छ,’ चौदण्डीगढी– ५ सुन्दपुरका वडाध्यक्ष देवनारायण चौधरीले भने, ‘निर्माण नसकिँदै जसरी पुल भत्किँदै गएको छ, यस्तै हो भने यो पुलको अस्तित्व नै रहँदैन ।’ एउटा पिलर बांगिएर एउटा स्ल्याब झर्दा त मर्मत गर्न सकिन्छ भन्ने थियो, तर यो क्रमशः झर्दै जाँदा पुल नै नरहने हो कि भन्ने देखिएको उनले बताए ।

चौदण्डीगढी नगरपालिकको केन्द्र बेल्टार बजारलाई पूर्वपश्चिम महेन्द्र राजर्मागसँग जोड्ने गरी पुल निर्माण गरिएको हो । पुल झन्डै १२ वर्षदेखि निर्माण भइरहेको थियो ।

प्रकाशित : श्रावण ४, २०७८ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?