कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अपांगता भएकी महिलालाई करणी प्रयास गर्ने पक्राउ 

खोटाङ — शारीरिक अपांगता भएकी महिलामाथि जबरजस्ती करणी प्रयास गर्ने एक पुरुष पक्राउ परेका छन् । 

स्थानीय ३५ वर्षीया महिलामाथि जबरजस्ती करणी प्रयास गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ नेर्पाका ४२ वर्षीय गंगालाल पराजुली पक्राउ परेका हुन् । घरमा बसिरहेकी महिलालाई जबरजस्ती करणीको प्रयास गर्ने पराजुलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक अमर गजमेरले जानकारी दिए । उनका अनुसार पराजुलीलाई सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षणपछि घर पठाइएको उनले बताए ।

प्रकाशित : श्रावण १, २०७८ २२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?