कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उदयपुरमा चट्याङ लागेर दुईको मृत्यु

डिल्लीराम खतिवडा

उदयपुर — वर्षातसँगै परेको चट्याङ लागेर उदयपुरको त्रियुगा नगरपालिका–३ मुसहरीमा मंगलबार साँझ दुईजनाको मृत्यु भएको छ ।

उदयपुरमा चट्याङ लागेर दुईको मृत्यु

चट्याङले लागेर स्थानीय ३९ वर्षीया ललिता सदा र ४० वर्षीया फूलकुमारी सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताए ।

घर नजिकै खेतमा काम गरी उनीहरुलाई चट्याङले लागेर गम्भीर घाइते भएका थिए । उपचारको क्रममा उनीहरुको जिल्ला अस्पताल गाईघाटमा मृत्यु भएको डीएसपी गौतमले बताए ।

प्रकाशित : असार २९, २०७८ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?