कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

सोलु करिडोर निर्माणमा स्थानीयको अवरोध

कटारी नगरपालिकाको कार्यालयमा तालाबन्दी
डिल्लीराम खतिवडा

उदयपुर — सोलु करिडोरले दिने मुआब्जा चित बुझ्दो नभएको भन्दै स्थानीयले बिहीबार दिउँसोदेखि कटारी नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

सोलु करिडोर निर्माणमा स्थानीयको अवरोध

सोलु करिडोर विद्युत् प्रसारण लाइन विस्तार हुने क्षेत्रमा पर्ने ऐलानी र नम्बर दुवै जग्गाको मुआब्जा नगरपालिकाले सिफारिस गरेअनुसारकै हुनुपर्ने मागसहित नगरको कार्यालयमा ताला लगाइएको हो । सोलु करिडोर विद्युत् प्रसारण लाइन विस्तार हुने कटारी नगरपालिका–४ मरुवाका स्थानीयले प्रसारण लाइनको रुट नै परिवर्तन गर्नुपर्ने र रुट परिर्वतन नहुँदा नगरपालिकाले सिफारिस गरेबमोजिम क्षतिपूर्ति पाउनु पर्ने माग राखेका छन् । नगरपालिकाको प्रतिकठ्ठा ५० लाख रुपैयाँका दरले मुआब्जा सिफारिस गरेको छ ।

स्थानीयले प्रसारण लाइन विस्तरमा अवरोध गरेपछि मन्त्रिपरिषद्ले ऐलानी जग्गाको समेत मुआब्जा दिने निर्णय गरेको छ । तर मरुवा क्षेत्रका स्थानीयले नमानेपछि दुई दिनयता स्थानीय प्रशासनले बल प्रयोग गरेर भए पनि काम अगाडि बढाउने प्रयास गरिरहेको छ । अवरोध भएको काम अगाडि बढाउन स्थानीय प्रशासनले त्यस क्षेत्रमा ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरेको छ ।

मन्त्रिपरिषद्ले गत मंसिर २५ गते सोलु करिडोरअन्तर्गत कटारीको नगरपालिका खण्डमा पर्ने ऐलानी जग्गाको मुआब्जा दिने निर्णय गरेको छ । तर मन्त्रिपरिषद्को निर्णयपछि जिल्ला प्रशासन कार्यालय उदयपुरले निर्धारण गरेको मुआव्जा ऐलानी र नम्बरी जग्गाको फरक–फरक भएको तालाबन्दी गर्नेमध्येका स्थानीय घमण्डबहादुर खत्रीले बताए । उनका अनुसार पहिलो त प्रसारण लाइनको रुट परिर्वतन हुन पर्ने, त्यसो नभए नगरपालिकाले सिफारिसबमोजिम मुआब्जा ऐलानी र नम्बरी दुवैले एकै समयमा पाउनु पर्ने माग छ ।

पछिल्लो पटक निर्धारण गरिएको मुआब्जामा ऐलानी जग्गा प्रतिकठ्ठा १९ लाख ९५ हजार छ भने नम्बर जग्गामा त्यो भन्दा कम कायम गरिएको छ ।

स्थानीयले मुआब्जा कम भएको भन्ने गुनासो जायज भएको नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए । ‘स्थानीयको माग जायज छ’, प्रमुख श्रेष्ठले भने, ‘उचित मुआब्जा दिएर समस्याको समाधान गर्नु पर्छ ।’ तालाबन्दीले नगरपालिकाको काम प्रभावित भएको उनले बताए ।

प्रकाशित : असार २४, २०७८ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?