उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित नुरी मस्जिदमा कोही जमाती (मुस्लिम धर्म प्रचारक) रोटी पकाउँदै थिए, कोही रोटी खाँदै थिए । एक्कासि प्रहरी टोलीले मस्जिद घेरा हाल्यो । रोटी पकाउने र खाने क्रम रोकियो । प्रहरी र स्वास्थ्यका कर्मचारीले जमातीलाई मस्जिदबाट निकालेर एम्बुलेन्समा हाले र लगे ।
सुस्त मनस्थितीकी किशोरीलाई बलात्कार गरेको आरोपमा त्रियुगा नगरपालिकाका दुई युवा पक्राउ परेका छन् । १८ वर्षीया किशोरीलाई सामूहिक बलात्कारको आरोपमा त्रियुगा नगरपालिका–३ का ३२ वर्षीय मोहम्द अल्ला उदिन र त्रियुगा नगरपालिका १२ का २५ वर्षीय मोहम्द मोदेबुललाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताए ।
कोरोना संक्रमण रोकथाम र नियन्त्रण प्रभावकारी बनाउन चौदण्डीगढी नगरपालिकामा ‘कोभिड अस्पताल’ निर्माण थालिएको छ । अस्पताल बनाउन जिल्लाका विभिन्न स्थानीय तहले लगानी गरेका छन् ।
कोरोना भाइरस संक्रमणको अवस्था तत्काललाई स्थिर देखिएपछि जिल्लाका वेलका, चौदण्डीगढी र त्रियुगा नगरपालिकामा १५ दिनयता जारी निषेधाज्ञा हटाइएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र र सुरक्षा समितिको बिहीबारको संयुक्त बैठकले सीमामा कडाई गर्दै शनिबार (भदौ १३) देखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।
त्रियुगा नगरपालिका– १३ असारीमा चट्याङ लागेर बिहीबार बिहान एक जनाको मृत्यु भएको छ । खेतमा काम गरिरहेका बेला चट्याङ लागेर ४५ वर्षीय कानन चौधरीको मृत्यु भएको हो ।
झापामा कोभिड–१९ का बिरामी बढिरहँदा परीक्षण किट अभाव भएको छ । किट नहुँदा संक्रमणको उच्च जोखिम रहेका क्षेत्रमा परीक्षण गर्न नसकिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कोरोना भाइरस संक्रमित त्रियुगा नगरपालिका–३ भुल्केका प्रभावित परिवारका सदस्यलाई क्वारेन्टाइनमा राखिएको छ । शनिबार संक्रमण पुष्टि भएका ४ परिवारका १४ सदस्यलाई त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाको क्वारेन्टाइनमा राखिएको हो ।
लकडाउनमा नाला सफा गर्ने बहानामा कटारी नगरपालिका–४ को मरुवा हरित सामुदायिक वन क्षेत्रमा सडक खन्दै गरेको एक्स्काभेटर वन कार्यालयले नियन्त्रणमा लिएको छ । अवैध रूपमा सडक खनिरहेको ना१क ५४७३ नम्बरको एक्स्काभेटर शनिबार बेलुकी नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय त्रिवेणीका प्रमुख वन अधिकृत उपेन्द्रप्रसाद पटेलले बताए ।
सोलुखुम्बुमा बुधबार कोरोना जाँचका लागि गरिएको र्यापिड टेस्टमा दुई जनामा पोजिटिभ देखिएको छ । सोताङकी २८ वर्षीया महिला र लिखुपिके गाउँपालिकाका युवकको आरडीटी रिपोर्ट पोजिटिभ आएको हो ।