कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जिल्ला प्रशासन कार्यालय धनकुटामा धर्ना

धनकुटा — पाख्रिबास नगरसभाका क्रममा भएको तोडफोडको घटनामा प्रहरीले झूटा मुद्दा दर्ता गरेको भन्दै धर्ना दिइएको छ । नेकपा एमाले पक्षका मेयर बिर्खबहादुर राईले प्रहरीलाई दबाब दिएर विपक्षी गठबन्धनका नेता/कार्यकर्तालाई झूटा मुद्दा दर्ता गरेको गठबन्धन पक्षको आरोप छ ।

कांग्रेस, नेकपा माओवादी, नेकपा एमाले (माधव नेपाल समूह) का १५ जनाविरुद्ध अभद्र व्यवहारमा प्रहरीमा उजुरी परेको छ । झूटा मुद्दा खारेजीको माग गर्दै धर्ना दिइएको कांग्रेस जिल्ला सभापति अग्निप्रसाद पौडेलले बताए ।

धर्नापछि निमित्त प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठलाई मुद्दा फिर्ता गर्न माग गरिएको हो । पाख्रिबास नगरपालिकामा असार १० गते नगरसभाका क्रममा भएको घटनामा संलग्न १५ विरुद्ध अभद्र व्यवहारमा उजुरी दर्ता गरिएको छ ।


प्रकाशित : असार १८, २०७८ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?