कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कटारीको माथिल्लो क्षेत्रलाई छुट्टै स्थानीय तह बनाउन माग

उदयपुर — कटारी नगरपालिकाका माथिल्लो क्षेत्रका ५ वटा वडाले छुट्टै स्थानीय तह बनाउन माग गरेका छन् । विकास निर्माणसँगै सेवा सुविधामा असहज भएको भन्दै नगरपालिकका ९, १०, ११, १३ र १४ वडालाई छुट्टाएर गाउँपालिका गठनको माग गरिएको हो ।

भौगोलिक हिसाबले विकट भएकाले नगरपालिकाले सहजै सेवा दिन नसक्दा छुट्टै स्थानीय तहको माग गरिएको गाउँपालिका माग सहजीकरण समितिका संयोजक अम्बरबहादुर मगरले बताए । कटारी नगरपालिकामा जम्मा १४ वटा वडा रहेका छन् । ५ वटाका स्थानीयले गाउँपालिका माग सहजीकरण समिति गठन गरेका हुन् ।

नगरबाट वितरण गरिने सेवा सुविधा, भौगोलिक विकटता, दीर्घकालीन र स्थायी पूर्वधार अभावमा भएको सहजीकरण समितिले उल्लेख गरेको छ । समितिले नगरपालिकामा बुझाएको ज्ञापन पत्रमा दुरीको हिसाबले नगरपालिकाको माथिल्लो क्षेत्रका बासिन्दाले सुविधालाई सहज रुपमा पाउन नसकेको उल्लेख छ ।

माथिल्लो ५ वटा वडालाई छुट्टै गाउँपालिका निर्माण गर्दा करिब १ सय २५ दशमलव ७९ वर्ग किलोमिटर क्षेत्रफलमा झण्डै १८ हजार ५ सय ८६ जनसंख्यालाई सेवा सुविधाको सहजता हुने स्थानीय वासु घिमिरेले बताए । संविधानको धारा २९५ को विभिन्न दफामा समेत छुट्टै हुन सक्ने उल्लेख भएकाले माग गरिएको उनले बताए ।


प्रकाशित : असार ९, २०७८ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?