कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनकुटामा असार ११ गतेसम्म निषेधाज्ञा

धनकुटा — जिल्ला प्रशासन कार्यालय धनकुटाले निषेधाज्ञा केही खुकुलो बनाएको छ । जिल्लाभर बिहीबार मध्य रातिदेखि असार ११ गतेसम्मका लागि निषेधाज्ञा अवधि थपिएको हो ।

धनकुटामा असार ११ गतेसम्म निषेधाज्ञा

कोरोना संक्रमण समुदायस्तरमा तीव्र बन्दै गएपछि प्रशासनले गत वैशाख २० गतेदेखि निषेधाज्ञालाई निरन्तरता दिँदै आएको छ । जेठ २६ देखिको अवधि सकिएपछि पुन: बिहीबार मध्य रातदेखि ८ दिनका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले जानकारी दिए ।

जिल्ला कोभिड व्यवस्थापन समिति (डिसीसीएमसी) को बैठकले निषेध आदेशको निर्णय गरेको हो । यसपटक निषेधाज्ञालाई केही खुकुलो पारिएको छ । विगतमा निषेधाज्ञाको समयमा अत्यावश्यक दैनिक उपभोग्य वस्तुका पसल बिहान ७ देखि १० बजेसम्म खुला गरिएको थियो । तर उक्त समय संशोधन गरि बिहान ६ देखि दिउँसो १ बजेसम्म कायम गरिएको प्रशासनले जनाएको छ ।

दैनिक उपभोग्य तथा अत्यावश्यक सामग्री, फोहर बोक्ने सवारी साधन, एम्बुलेन्स, प्रेसका साधनलाई सञ्चालनमा दिइने जनाइएको छ ।

बैंक तथा वित्तीय संस्था आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान ८ बजेदेखि १ बजेसम्म सञ्चालन गरिने निर्णय गरिएको छ ।

प्रकाशित : असार ३, २०७८ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?