कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आगलागीबाट किरिया बसेका आमा–छोरा घाइते

आनन्द गौतम

ताप्लेजुङ — आगलागीमा परी पाँचथरको फिदिम नगरपालिका–४ जोरसालमा किरिया बसेका आमासहित दुई छोरा घाइते भएका छन् ।

सोमबार बेलुकी ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा ७२ वर्षीया चनमाया तथा छोराहरू ४९ वर्षीय दीननाथ र ३२ वर्षीय मदन सापकोटा घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए ।

पिता भगीरथ सापकोटाको सोमबार अन्त्येष्टि गरी किरिया बसेका उनीहरूले पानी तताउन ग्यास बालेका थिए । बेलुका ८:४० बजेतिर भुइँमा ओछ्याइएको परालमा सल्किएको र त्यसलाई निभाउने क्रममा उनीहरू घाइते भएको विश्वकर्माले जानकारी दिए । पाँचथर अस्पतालमा उपचार सम्भव नभएपछि तीनै जनालाई झापाको मेची अञ्चल अस्पताल लगिएको छ ।


प्रकाशित : जेष्ठ २५, २०७८ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?