कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

कोरोनाले तीन दिनको फरकमा दाजुभाइ बिते, साता नबित्दै आमा

डिल्लीराम खतिवडा

उदयपुर — कोरोना संक्रमणबाट उदयपुरमा सातायता एकै परिवारका तीन जनाको मृत्यु भएको छ । कोरानाकै कारण दुई छोरा गुमाएकी रौतामाई गाउँपालिका–७ मुर्कुचीकी ७१ वर्षीया तिलमाया मस्रांगीमगरको बिहीबार बिहान साढे ४ बजे मृत्यु भएको हो ।

कोरोनाले तीन दिनको फरकमा दाजुभाइ बिते, साता नबित्दै आमा

तीन दिनको फरकमा जेठ १५ र १८ गते क्रमश: ४५ वर्षीय साहिलो छोरा तुलबहादुर र ५० वर्षीय जेठो छोरा पुस्कलको उपचारकै क्रममा मृत्यु भएको थियो । विराटनगरस्थित विराट मेडिकल र नोबेल शिक्षण अस्पतालमा उनीहरूको मृत्यु भएको हो ।

छोराहरूसँगै दुई साताअघि संक्रमण भएकी तिलमायाको बिहीबार बिहान मृत्यु भएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खडकाले बताए । तिलमायालाई दुई साताअघि परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि गाईघाटस्थित मदन भण्डारी आँखा अस्पतालको आइसोलेसन वार्डमा राखी उपचार गरिएको आफन्त वीरेन्द्रकुमार मगरले बताए । त्यहाँ सामान्य उपचारपछि तिलमायाकै आग्रहमा उनलाई होम आइसोलेसनमा लगिएको थियो ।

तिलमायाका दुवै छोरालाई श्वासप्रश्वासमा समस्या भएपछि आईसीयूमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयप्रमुख मोहन सुवेदीले बताए । कोरोना देखिएपछि उनीहरू तीनै जनालाई दुई साताअघि गाईघाटस्थित आँखा अस्पतालको आइसोलेसनको वार्डमा पुर्‍याइएको थियो । यससँगै उदयपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

प्रकाशित : जेष्ठ २०, २०७८ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?