कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विराटनगरमा प्रहरी हवल्दारसहित ४ जनाको कोरोना संक्रमणबाट मृत्यु

मोरङ — जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत एक प्रहरी हवल्दारसहित विराटनगरमा ४ जनाको बुधबार मृत्यु भएको छ । विराटनगर ३ घर भएका ४० वर्षीय प्रहरी हवल्दार वेदराज भण्डारीको उपचारको क्रममा मृत्यु भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । 

विराटनगरमा प्रहरी हवल्दारसहित ४ जनाको कोरोना संक्रमणबाट मृत्यु

कटहरीस्थित सीआरभी पोष्टमा कार्यरत भण्डारीलाई जेठ २ गते संक्रमण पुष्टि भएको थियो । नोबेलमा नै उपचारको क्रममा ८:३० बजे मृत्यु भएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । हालसम्ममा मोरङमा दुई प्रहरी अधिकृतसहित ४१ जना प्रहरी संक्रमित भएको उनले बताए ।

यस्तै, विराटनगर ३ का ५४ वर्षीय पुरुष, सुनसरीको इटहरी ७ का ७१ वर्षीय पुरुष र इटहरी ९ की ४२ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको विराट मेडिकल शिक्षण अस्पतालका कोभिड अस्पतालका इन्चार्ज डा. सुनिल देवले बताए ।

प्रकाशित : जेष्ठ १९, २०७८ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?