कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

मोरङमा जेठ २४ गतेसम्म निषेधाज्ञा थप

मोरङ — कोरोना संक्रमणको दर बढ्ने क्रम नरोकिएकाले जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लामा जेठ २४ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले आइतबार पाँचौपटक समयावधि थप गरेर निषेधाज्ञा लम्ब्याएको हो । पछिल्लो पटक जेठ १८ गतेमध्यरातिसम्म लगाएको निषेधाज्ञा थपेर जेठ २४ गते मध्यरातिसम्म पुर्‍याएको छ ।

मोरङ प्रशासनले सरकारले हालै जारी गरेको कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम प्रशासनले निषेधाज्ञा थप कडाइ गर्ने जनाएको छ । निषेधाज्ञा उलंघन गर्ने, अवरोध गर्नेलाई अध्यादेशमा भएको व्यवस्था अनुसार कारबाही गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइसकिएको प्रजिअ निरौलाले बताए ।

अध्यादेशमा कोरोना नियन्त्रण, रोकथाम र निदानमा अवरोध गर्नेलाई १ वर्ष कैद वा ५ लाख जरिवाना वा दुवै सजाय गर्ने प्रजिअलाई अधिकार दिइएको छ ।

कोभिड १९ महामारीको दोस्रो लहर सुरु भएपछि मोरङ प्रशासनले पहिलो पटक वैशाख १८ गते राति १२ बजेदेखि निषेधाज्ञा लगाएको थियो ।

प्रकाशित : जेष्ठ १६, २०७८ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?