कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उदयपुरमा कोरोनाबाट थप ५ को मृत्यु 

डिल्लीराम खतिवडा

उदयपुर — कोरोना संक्रमणबाट उदयपुरमा थप ५ जनाको मृत्यु भएको छ । शनिबारमात्रै त्रियुगा नगरपालिकाका ३, कटारी नगरपालिका र उदयपुरगढी गाउँपालिका थप १/१ जना गरी ५ जनाको मृत्यु भएको हो । 

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका तथ्यांक अधिकृत उमेश लुइँटेलका अनुसार उदयपुरमा कोरोनाबाट शनिबार थपिएकासहित २३ पुगेको छ । जसमा १७ जना पुरुष र ६ जना महिला रहेका छन् ।

यसैगरी शनिबारमात्रै ३८ महिला र ३० पुरुष गरी ६८ जना नयाँ संक्रिय संक्रमित थपिएका छन् । यो सँगै जिल्लामा कुल सक्रिय संक्रमितको संख्या ५ सय ४४ पुगेको छ । जसमा २ सय ४६ महिला र २ सय ९८ जना पुरुष छन् ।

उदयपुरमा २८ महिला र ६० पुरुष गरी ८८ जना निको भएर घर फर्किएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : जेष्ठ ८, २०७८ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?