कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

हात्तीको आक्रमणबाट झापामा एकको मृत्यु

अर्जुन राजवंशी

बिर्तामोड — जंगली हात्तीको आक्रमणबाट झापाको मेचीनगर नगरपालिका–९ का श्याम राईको मृत्यु भएको छ ।

सोमबार राति साढे १२ बजे स्थानीय मागुरमारी सामुदायिक वन क्षेत्रबाट आएको एउटा जंगली हात्ती गाउँ पसेको थियो । हात्तीलाई धपाउने क्रममा ४५ वर्षीय राईलाई हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट टाउको र दायाँ खुट्टामा गहिरो चोट लागेका राई सिकिस्त बनेका थिए ।

उनको उपचारका क्रममा भद्रपुरस्थित मेची अस्पतालमा मंगलबार बिहान सवा २ बजे मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राकेश थापाले जानकारी दिए ।

प्रकाशित : जेष्ठ ४, २०७८ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?