कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उदयपुरका थप चार संक्रमितको मृत्यु

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरमा पछिल्लो २४ घण्टामा व्यापारीसहित चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार राति एक र आइतबार बिहान तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ४०, ६३, ५६ र ६० वर्षीय पुरुष छन् । यससँगै उदयपुरमा मृत्यु हुनेको संख्या ११ पुगेको छ । 

उदयपुरका थप चार संक्रमितको मृत्यु

कोरोनाबाट त्रियुगा नगरपालिका–३ घर भई गाईघाट बजारमा व्यापार गर्दै आएका एक व्यक्तिको शनिबार राति मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईले बताए । संक्रमण देखिएपछि उनलाई परिवारले पाँच दिनअघि झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा भर्ना गरेको थियो ।

त्यसै गरी कोरोनाबाट संक्रमित भएका त्रियुगा नगरपालिका–१० का ६३ वर्षीय पुरुषको उदयपुर कोभिड–१९ अस्पताल, बेल्टारमा मृत्यु भएको छ । शनिबार दिउँसोसम्म सामान्य अवस्थामा रहेका उनको संक्रमणबाट आत्तिएर हृदयघात भई मृत्यु भएको चौदण्डीगढी नगरपालिकाको स्वास्थ्य शाखाका तेजबहादुुर पोखरेलले बताए ।

त्यसै गरी ज्वरो र रुघाखोकी लागेपछि उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल भर्ना भएका चौदण्डीगढी नगरपालिका–५ का ५६ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएपछि उनलाई वार्डमा भर्ना गरिएको थियो । यस्तै विराटनगरस्थित ग्रिनक्रस अस्पतालमा त्रियुगा नगरपालिका १२ का ५१ वर्षीय पुरुषको मृत्यु भएको छ । दमका बिरामी उनलाई स्वास्थ्यमा समस्या आएपछि तीन दिनअघि विराटनगरको गोल्डेन अस्पताल पुर्‍याइएकोमा कोरोना पुष्टि भएको थियो । त्यहाँबाट परिवारले ग्रिनक्रसमा लगेको थियो ।


प्रकाशित : जेष्ठ २, २०७८ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?