२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

प्रदेश १ मा सक्रिय संक्रमित १० हजार नाघे

बिहीबार अहिलेसम्मकै उच्च १०३९ थपिए, १५७ संक्रमणमुक्त

विराटनगर — प्रदेश १ मा बिहीबारसम्म सक्रिय संक्रमितको संख्या १० हजार ६ सय १४ पुगेको छ । दैनिक संक्रमितको संख्या बढ्दै गएको प्रदेशमा बिहीबार १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो ।

प्रदेश १ मा सक्रिय संक्रमित १० हजार नाघे

मोरङमा ४०५, झापामा २५७, सुनसरीमा १४२, ताप्लेजुङमा ७९, संखुवासभामा ५४, सोलुखुम्बुमा २०, धनकुटामा १७, भोजपुर र उदयपुरमा ९–९, इलाममा ५, पाँचथरमा ३, तेह्रथुममा २, ओखलढुंगामा १ र प्रदेश १ बाहिरका ३६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १३० महिला र १६६ पुरुषसहित २९६, सुन्दरहरैचामा ३०, बेलबारीमा २९, उर्लाबारीमा १३, रतुवामाईमा ९, कटहरीमा ७, सुनबर्षीमा ४, केराबारी र जहदामा ३–३, पथरीशनिश्चरे, कानेपोखरी, रंगेली र धनपालथानमा २–२, ग्रामथान, बूढीगंगा र लेटाङमा १–१, झापाको बिर्तामोडमा ७७, मेचीनगरमा ३२, दमकमा ३१, अर्जुनधारामा २४, कनकाईमा २३, बुद्धशान्तिमा १८, शिवसताक्षीमा १५, कमल गाउँपालिकामा ११, भद्रपुरमा ८, गौरादहमा ७, बाह्रदशीमा ५, झापा गाउँपालिका र स्थानीय तह नखुलेका २–२, गौरीगन्ज र कचनकवलमा १–१, सुनसरीको इटहरीमा ६८, धरानमा ५४, इनरुवामा ५, हरिनगर, दुहबी र स्थानीय तह नखुलेको ३–३, बर्जुमा २, भोक्राहा नरसिंह, बराहक्षेत्र, रामधुनी र देवानगन्जमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

ताप्लेजुङमा फुङलिङमा ५७, मिक्वाखोला र याङवरकमा ६–६, श्रीजंगामा ४, मेरिङदेनमा ५, स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा ३४, धर्मदेवीमा ९, चैनपुरमा ६, सभापोखरीमा ३, मादी र मकालुमा १–१, सोलुखुम्बुको सोलु दूधकुण्डमा १३, नेचासल्यानमा ४, थुलुङ दूधकोसीमा २, महाकुलुङमा १, धनकुटाको धनकुटा नगरपालिकामा ११, छथरमा ३, महालक्ष्मी, पाख्रीबास र स्थानीय तह नखुलेको १–१, भोजपुरको भोजपुरमा ८, षडानन्दमा १, उदयपुरको त्रियुगामा ७, स्थानीय तह नखुलेका २, इलामको सूर्योदयमा २, माई, रोङ र इलाम नगरपालिकामा १–१, पाँचथर फिदिम, मिक्लाजुङ र स्थानीय तह नखुलेका १–१, तेह्रथुमको आठराईमा २, ओखलढुंगामा १ र प्रदेश १ बाहिरका ३६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४१ हजार ८५६ पुगेको छ । संक्रमित भएकामध्ये ३० हजार ६२७ संक्रमणमुक्त भएका छन् । बिहीबार मात्रै १५७ जना संक्रमणमुक्त भएका छन् । यस प्रदेशमा बिहीबार २ हजार १६२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ४४० महिला र ५९९ पुरुषको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित : वैशाख ३१, २०७८ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?