कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विराट र नोबेलमा थप तीन संक्रमितको मृत्यु

मोरङ — विराट मेडिकल शिक्षण अस्पताल र नोबेल अस्पतालमा थप तीन जना संक्रमितको मृत्यु भएको छ । विराट मेडिकल शिक्षण अस्पतालमा विराटनगर महानगर–७ की ५५ वर्षीया महिला र विराटनगर–१३ का ७८ वर्षीय पुरुषको मृत्यु भएको छ ।

विराट र नोबेलमा थप तीन संक्रमितको मृत्यु

पहिल्यैदेखि उच्च रक्तचापको समस्या रहेकी ती महिला वैशाख २१ गते संक्रमण पुष्टि भएपछि भर्ना भएकी थिइन् । उनको उपचारको क्रममा राति २:२५ बजे मृत्यु भएको विराट मेडिकल शिक्षण अस्पतालका कोभिड अस्पताल इन्चार्ज डा. सुनील देवले बताए । यस्तै, संक्रमण पुष्टि भएर वैशाख १७ गते भर्ना भएका पुरुषको सोमबार बिहान ३:३० बजे उपचारका क्रममा मृत्यु भएको देवले बताए ।

नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले धनकुटाको मारेकटहरेकी २४ वर्षीया कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको बताए ।


प्रकाशित : वैशाख २७, २०७८ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?