कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश १ मा शुक्रबार थपिए ७२५ संक्रमित

मोरङ — प्रदेश १ मा शुक्रबार ७२५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३५७, झापामा १४९, सुनसरीमा ११२, उदयपुरमा १५, धनकुटामा १४, संखुवासभामा १३, इलाममा ९, ताप्लेजुङमा ७, खोटाङमा ६, भोजपुर र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा शुक्रबार थपिए ७२५ संक्रमित

विराटनगरमा १३२ महिला र १४३ पुरुष सहित २७५ संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या २ हजार ५२७ पुगेको छ । मोरङकोसुन्दरहरैचामा १५, उर्लाबारीमा ११, बेलबारी र बुढीगंगामा ८–८, धनपालथान, पथरीशनिश्चरे र कटहरीमा ७–७, रतुवामाईमा ४, मिक्लाजुङमा ३, जहदा, ग्रामथान , सुनबर्षी र स्थानीय तह नखुलेका २–२, रंगेली, केराबारी, लेटाङ र कानेपोखरीमा १–१ जना संक्रमित थपिएका छन् ।

यस्तै, झापाको बिर्तामोडमा २७, दमकमा २३, कनकाई र भद्रपुरमा २०–२०, गौरादहमा ९, कमल गाउँपालिकामा ७, अर्जुनधारामा ५, शिवसताक्षीमा २, गौरीगन्जमा १, सुनसरीको इटहरीमा ५६, धरानमा ३२, इनरुवामा ९, दुहवीमा ७, देवानगन्जमा ३, बर्जुमा २, बराहक्षेत्र, रामधुनी र कोसी गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३६ हजार ६४५ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार १६९ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार ९३३ पुगेको छ । प्रदेश १ मा शुक्रबार १ हजार ५९९ जनाको पीसीआर परीक्षण गरिएको थियो । परीक्षण गरिएका मध्ये ३१३ महिला र ४१२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित : वैशाख २५, २०७८ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?