ताप्लेजुङमा ५८ जनाको परीक्षणमा ४८ मा कोरोना देखियो

आनन्द गौतम

ताप्लेजुङ — पूर्वी नेपालको हिमाली जिल्ला ताप्लेजुङमा ५८ जनाको स्वाब परीक्षण गर्दा ४८ जनामा संक्रमण देखिएको छ । सोमबार स्वाब संकलन गरेर परीक्षणका लागि झापाको भद्रपुर पठाइएको थियो ।

बिहीबार आएको नतिजाअनुसार २६ जना महिला र २४ जना पुरुष संक्रमित भएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए । जिल्लामा अब सक्रिय कोरोना संक्रमितको संख्या १ सय ६ पुगेको छ । अधिकांश संक्रमित सदरमुकाम फुङलिङका छन् ।

पीसीआर र एन्टीजेन बिधिबाट गरिएको परीक्षण अनुसार यो संख्या पुगेको जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले बताइन् । पछिल्लो पटक बुधबार ५८ जनाको स्वाब परीक्षण गर्दा ४८ जनाको पोजिटिभ आएको खरेलले जानकारी दिइन् । यसअघि १ सय ८३ मा ३३ र ७२ मा १५ जनाको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको थियो । पहिलो चरणमा पोजिटिभ देखिएका १५ जनाको कन्ट्र्याक ट्रेसिङका क्रममा थप संख्या बड्दै गएको हो । जिल्ला अस्पतालमा एण्टिजेन परिक्षण पनि भइरहेको छ ।

कोरोनाका सबै संक्रमित आफूहरुको सम्पर्कमा रहेको र अधिकांश होम आइसोलेसनमा रहेको पाण्डे बताउँछन् ।

प्रकाशित : वैशाख २३, २०७८ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?