कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शुक्रबार मध्यरातिदेखि मोरङमा निषेधाज्ञा

मोरङ — जिल्ला प्रशासन कार्यालय मोरङले शुक्रबार मध्यरातिदेखि जिल्लाभरि निषेधाज्ञा लगाएको छ । जिल्ला संकट व्यवस्थापन समितिको निर्णय अनुसार जिल्लाभर निषेधाज्ञा लगाउनुका साथै विराटनगरमा निषेधाज्ञा थप कडाइ गरिने मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताए ।

कोरोना संक्रमणको दर दैनिक बढ्दै गएको अवस्थामा बेलैमा गम्भिर नभए अझ भयावह स्थिति निर्माण हुन सक्ने भएकाले शुक्रबार मध्यरातिदेखि जेठ १ गते मध्यरातिसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको उनले बताए ।

यसअघि शनिबार मध्यरातिदेखि सात दिनका लागि विराटनगर महानगर, जहदा र बुढीगंगा गाउँपालिका र कटहरी गाउँपालिकाको वडा १ देखि ४ सम्म निषेधाज्ञा लगाएका थिए ।

बैठकले कोरोनाको दोस्रो लहरलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न प्रत्येक पालिकाले १५ शय्या वा त्यसभन्दा बढी शय्याको १/१ वटा अस्पताल/आइसोलेसन स्थापना गरी चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मी, एन्टिजेन र अक्सिजनको व्यवस्था मिलाउन निर्णय गरेको प्रजिअ निरौलाले बताए ।

प्रत्येक पालिकालाई कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन, स्वयंसेवक परिचालन गर्नुका साथै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन प्रचार प्रसार गर्न उनले आग्रह गरेको छन् । पीसीआर रिपोर्टका लागि आवश्यक अटोमेटिक आरएनए एक्सट्राक्सन किट र एन्टिजेन किटलगायतका स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्या र सामाजिक विकास मन्त्रालयसँग माग गर्न उनले आग्रह गरे ।

जिल्लामा आइसोलेसन सेन्टर निर्माणका लागि सामाजिक विकास मन्त्रालयलाई उनले आग्रह गरेको छन् । विराटनगर महानगरले उपलब्ध गराएको ३५ लाख बजेटबाट कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रको पुरानो भवनमा रहेको शय्या सञ्चालनका लागि स्तरोन्नति कार्य तत्काल सुरु गर्ने संकट व्यवस्थापन समितिले निर्णय गरेको प्रजिअ निरौलाले बताए ।

प्रकाशित : वैशाख २३, २०७८ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?