कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाख्रिबासको राम्चेस्थित जंगलमा श्रीमान् श्रीमती मृत अवस्थामा फेला

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटाको पाख्रिबास नगरपालिका-७ राम्चेस्थित जंगलमा मंगलबार एक जोडी मृत अवस्थामा फेला परेका छन् ।

मृत्यु हुनेमा पाख्रीबास-६ तिल्केका करिब २२ वर्षीय सुनिल थापा र २० वर्षीया श्रीमती सिर्जना गुरागाईं रहेको प्रहरीले जनाएको छ । युवक झुन्डिएको र युवती भुईमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तुलाल जैशवालले जानकारी दिए ।

मृतक दुवै श्रीमान् श्रीमती पुष्टि भएको उनले बताए । प्रारम्भिक अनुसन्धानका आधारमा युवकले युवतीको हत्या गरी आफूले आत्माहत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

घटनाबारे बिहान ११ बजे स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । श्रीमतीको शव झाडीमा झ्यासले छोपिएको अवस्थामा फेला परेको घटनास्थलमा रहेका प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले बताए । ‘प्रारम्भिक अनुसन्धानका आधारमा पहिले श्रीमतीको हत्या गरी श्रीमानले आत्माहत्या गरेको हुनसक्ने देखिन्छ ।’ उनले भने, ‘घटनाबारे थप अनुसन्धान गरिनेछ ।’ काठमाडौं बस्दै आएका थापा केहि दिनअघि घर आएको आफन्तले बताए । माइतमा रहेकी श्रीमतीलाई साथमा लिएर चार दिन पहिले हिँडेका दुवै मंगलबार मृत फेला परेका हुन् ।

मृतकको साथबाट राहदानी, नागरिकता लगायतका सामग्री फेला परेको छ । कलिलै उमेरमा विवाह गरेका दम्पतीको ५ वर्षीय छोरा छन् । गत साता पनि पाख्रीबासमा एक महिलाको वेवारिसे शव फेला परेको प्रहरीले जनाएको छ । शवको हालसम्म सनाखत हुन सकेको छैन ।

प्रकाशित : वैशाख २१, २०७८ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?