कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५६

झापाको कोइला कारखानामा आगलागी

पर्वत पाेर्तेल

काँकडभिट्टा — झापाको मेचीनगर नगरपालिका–१५ मिलकोटी क्षेत्रस्थित एक वायु ग्यास कोइला कारखानामा सोमबार बिहान भीषण आगलागी भएको छ । आगलागीबाट करोडौंको क्षति भएको बताइएको छ । 

झापाको कोइला कारखानामा आगलागी

झापाका प्रहरी प्रवक्ता राकेश थापाले प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आलगाली भएको थाहा भएको बताए । आगो नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय धुलाबारी, प्रहरी चौकी ज्यामिरगढी र सशस्त्र प्रहरीको टोली र स्थानीयवासी परिचालित भएका थिए ।

मेचीनगर नगरपालिका, बिर्तामोड र मोरङको उर्लाबारीबाट दमकल आएपछि आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगलागीबाट कारखानामा पूर्ण रुपमा क्षति पुगेको छ । बिहान ३ बजेदेखि लागेको आगो नियन्त्रणमा करिब ३ घन्टाभन्दा बढी समय लागेको थियो । प्रहरीले आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको जनाएको छ ।


तस्बिरहरू : जिल्ला प्रहरी कार्यालय/झापा

प्रकाशित : वैशाख २०, २०७८ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×