कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्रकको ठक्करले मोटरसाइकल चालकको मृत्यु

मोरङ — कोशी राजमार्गस्थित बुढीगंगा गाउँपालिका ४ नेमुवाचोकमा ट्रकको ठक्करले एक मोटरसाइकल चालकको आइतबार मृत्यु भएको छ । विराटनगर १४ जतुवाका ४५ वर्षीय अञ्जनी सिंहको मृत्यु भएको छ ।

उत्तरतर्फ जाँदै गरेको ना ६ ख ३०४० नम्बरको ट्रकले उक्त दिशातर्फ जाँदै गरेको को ९ प २६८१ नम्बरको मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा ठक्कर लागेको थियो ।

ट्रकको ठक्करले घाइते मोटरसाइकल चालक सिंहको विराट मेडिकल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए । ट्रक र चालक बाराको निजगढ कोल्वी नगरपालिका–२ का ३२ वर्षीय भीमबहादुर विकलाई नियन्त्रणमा लिइएको उनले बताए ।

प्रकाशित : वैशाख ५, २०७८ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?