कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छोराको पिटाइले मृत्यु

मोरङ — विराटनगर महानगर–५ मा घरायसी विवादमा छोराको कुटपिटबाट स्थानीय ६५ वर्षीय काले साहको बुधबार मृत्यु भएको छ ।

कुटपिट गरेका साहका छोरा अजयलाई प्रहरीले पक्राउ गरेको छ । सामान्य घरायसी विवादमा अजयले बुबालाई चैत २६ गते निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ ।

उपचारका क्रममा घाइतेको नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए । कुटपिट गरी लुकेर बसेको अवस्थामा अजयलाई विराटनगर–५ बाट पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरिएको उनले बताए ।

यसअघि घरायसी विवादमै विराटनगर–८ मा छोराको कुटपिटले ५४ वर्षीय विको सहनीको पनि आइतबार मृत्यु भएको थियो । मदिरा पसल चलाइरहेका सहनीलाई उनका माहिला छोरा रविले कुटपिट गरेको प्रहरीले जनाएको छ ।


प्रकाशित : वैशाख २, २०७८ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?